“भूगर्भविद्को चे,ता,वनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो, मेलम्ची बन्न सक्छ”
2021, September 4th, Saturday

हाम्रोखबर संवाददाता

“बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो ।”पहिरोले बस्तीका १२ घरमा क्ष,ति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जो,खिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको चुरेको पहाडमा पहिरो गएर ५७ घर पुरेको थियो”

“पहिरोले विस्थापित परिवारलाई बुटवलको तामनगरमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गरिएको थियो । त्यतिबेलै भूगर्भविद्हरुले ज्योतिनगर,को चुरेलाई, नचलाउनू, एक चिम्टी माटो पनि ननिकाल्नू भनेर सचेत गराएका थिए । तर, स्थानीय सरकारले यसलाई बेवास्ता गर्‍यो ।”

“केही वर्षपछि पहिरो गएको स्थानमा नयां व्यक्तिले खोला र वन नै अ,ति,क्र,मण गरेर घर बनाएर बस्न थाले । स्थानीय सरकारले चुरे क्षेत्रमा सडक, विद्युतलगायतका पूर्वाधार बनाइरह्यो । त्यसपछि भू,कम्पका कारण पनि चुरे पहाड चिरिएर धांजा फाटेको छ,माथिबाट बगेर आउने पानी चिरिएको ठाउँमा पस्दा चुरे क्षेत्र कमजोर बनेको छ ।”

“अहिलेको पहिरो, र पहिरोले पुर्‍याएको क्षति त्यसकै परिणाम भएको भूगर्भविद्हरु बताउँछन् । अहिले त झन् चुरे क्षेत्रमा अर्बौंको, केबुलकारको परियोजना सुरु भएको छ ।”पहिरोको उच्च जोखिममा परेको ज्योतिनगरको छेउमै, स्टेशन बनाएर बुटवल-बसन्तपुर केबुलकार बनाउने गरी गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।”

“राष्ट्रपति तराई-मधेश चुरे संरक्षण विकास समिति कार्यालय बुटवलका प्रमुख अजय कार्की चुरे क्षेत्र अति नै संवेदनशील र कमजोर हुने भएकाले ठूला भौतिक पूर्वाधार थेग्न नसक्ने बताउँछन् । ‘चुरे क्षेत्रमा वन र खोला नै अ,तिक्र,मण गरी सडक,पार्क,मन्दिरहरु, फुट ट्रेल बनेका छन्,’ कार्कीले भने, ‘यसै पनि संवेदनशील र कमजोर भूगोलमा यसरी पुर्वाधार बनाइरहनुले चुरे क्षेत्र खल्बिलिएको छ र जुनसुकै बेला अकल्पनीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।’

“चुरे वन क्षेत्रमा भौतिक पुर्वाधार बनाउनै नहुने कार्कीको सुझाव छ । ‘वन र खोला अतिक्रमण नरोक्ने र पुर्वाधार निर्माणका काम पूर्णरुपमा नरोक्ने हो भने बुटवल दोस्रो मेचल्ची बन्न सक्छ’-कार्की भन्छन्-‘पहिरो रोक्न करोडौं खर्चेर पर्खाल लगाउनु भन्दा बस्ती स्थानान्तरण उपयुक्त हो ।’

“भुगोल विषयका प्राध्यापक डा.भोजराज कडेरियाले मानवीय अतिक्रमण नरोकिए बुटवलको ज्योतिनगर र लक्ष्मीनगरको पुरै पहाड खस्न सक्ने ख,त,रा रहेको औंल्याउंछन् । ‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो’-कडेरिया भन्छन्, ‘यसलाई चलाउन हुन्न, चलायो भने भारी वर्षा हुँदा जुनसुकै बेला पहाडै बग्न सक्छ ।”

तपाईको प्रतिक्रिया