अत्यन्तै दु:खद खबर!दशैका लागि घर लिप्ने माटोलिन गएका २ महिलाको निधन !घटना कहाँ कसरी भयो? हेर्नुहोस
2020, October 25th, Sunday

admin

काठमाडौ । जाजरकोटमा दसैंका लागि घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार निधन भएको छ । घटनामा अन्य थप २ जना घाइते भएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनामा सोही ठाउँ निवासी स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृ त्यु भएको स्थानीयको भनाइ छ।इ न्युज नेपाली बाट

तपाईको प्रतिक्रिया