दु:खद! लाखौं रुपैयाँ धरौटी बुझाउन नसक्दा अस्पतालले भर्ना गर्न मानेन! सडकमै गयो प्राण,आखिर किन यस्तो भयो निर्दयी सरकार ? एक पटक पढ्नै पर्ने
2020, October 25th, Sunday

admin

यो कुनै चलचित्र वा उपन्यासको प्लट होइन । यो त, राज्यको चरम अव्यवस्थाबाट सिर्जित परि घटना हो । प्रिय पाठक ! बेदबहादुरको दुर्दान्त पढेर ज्यादा भावुक बन्न र द्रवीभूत हुन जरुरी छैन। नागरिक प्रति सरकारको उदा’सीनताको बज्र ढिला चाँडो तपाईं हाम्रो थाप्लमा पनि बज्रने नै छ । राज्यको नजरको सस्तो भावुकताको अर्थ नै के छ र ?

आम नागरिकजस्तै सपनाको कुम्लो, काम्लो बोकेर ओखलढुङ्गा, सुनकोसी गाउँपालिका, साविक कटुञ्जे २ का वेदबहादुर क्षत्री ५ वर्षअघि काठमाडौं भित्रिएका थिए। काठमाडौं उनका लागि सुखद् रहेन । गाउँमा पनि उनको भागमा ऋण सिवाय केही भागमा परेको थिएन । त्यसकै तिर्न, बुझाउन बाँकी हिस्सा बोकेर काठमाडौं खाल्डो पसेका थिए । यहाँ पनि उनले ऋण नै कमाए ।

ऋणले ऋण काढ्दै गयो । गरिबीकै गर्तमा धकेल्दै लग्यो । दुःखको भवसागरबाट उत्रने छाँट नदेखेपछि पारिवारिक द्व’न्द्व, मन मुटाव थपिन थाल्यो । बेदबहादुरका नाताले सालो पर्ने रमेश कार्की अन्यम’नस्क भावमा सुनाउँछन्, “त्यही त हो नि हजुर ! कमाउन नसके पछि । जोईपोइबीच कुरा मिल्न छाड्यो ।” बौद्धकै उत्तरपट्टि डेरा लिएका थिए ।

सस्तो ज्याला, मजदुरी, आय–आर्जनको बाटो थियो । श्रीमती लक्ष्मीले पनि सकेजति सकाएकी थिइन् । तर, ऋणबाट पार पाउन सकेनन् । अन्ततः पारिवारिक विखण्डनको दुःखद् परिघटना निम्तियो ।परिवारसँग छुटिट्एर सडकमै आश्रय लिन थालेका थिए । श्रीमती लक्ष्मीले घर फर्काउन नखोजेकी पनि होइनन् । छोराछोरीको अनुहार सम्झिएर, उनीहरूको भविष्यले पिरोलेर घर आउलान् भनेर लक्ष्मीले आशाको बत्ती निभाइसकेकी थिइनन् ।

तर, बेदबहादुरले मदिरालाई साथी बनाए । रक्स्याहाकै साथ मञ्जुर गरे । डेरा, परिवार त्यागेर सडकको सहारा लिएपछि उनको परिचयमा ‘भरिया’ थपिएको थियो । बौद्ध, जो रपाटी क्षेत्रमा भारि बोकेर साँझ–बिहानको छाक टार्न थाले । श्रीमान्लाई आफूसँगै राख्ने लक्ष्मीको सारा प्रयास व्यर्थ भयो । “त्यस्तै तीन वर्ष भयो होला हजुर उहाँ सडकपेटीमा रमाउन थालेको । घर जाउँभन्दा नसुनेपछि कसको के लाग्दो रहेछ र ?,” रमेश ती दिन सम्झँदै भन्छन् ।

विगत डेढ–दुई वर्षदेखि भने लक्ष्मीले वास्ता गर्न छाडेकी थिइन् । छोराछोरीले पनि बाबुको खासै वास्ता गर्दैनथे । चैत ११ गतेदेखि लकडाउन सुरु भयो । त्यसको ज्यादा असर बेदबहादुरलाई नै प¥यो । भारि बोक्ने काम पाउन छाडेपछि उनी नगरपालिकाको शरण मा परेका थिए । आफूले भारी बोकिदिएका साहूहरूकहाँ हात पसारेर साँझ–बिहान गुजार्दै आएका थिए । जेनतेन भोक भर्दै आएका थिए ।

भारी बोकेर लैजाँदा त साहूकहाँ प्रवेश पाउँदैनन् उनीहरूले भोक र रोगले गाँजेका रित्ता, अनिँदा भरियाहरू कसरी भित्र छिर्न पाउनु ! सडकमा कोही भोक भोकै बस्नु पर्दैन, कोही भोका–नाङ्गा हुँदैनन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दिव्यवाणी सिंहदरबारको चारपर्खाल छिचोलेर बौद्धसम्म पुग्न सकेन । कैयन् रात, कैयन् दिन बेदबहादुर भोकभोकै सडकपेटीमा बिताए ।

लाग्दो कात्तिकदेखि भने अनुहारको रोगन फेरिएको थियो । सडकमै आश्रय लिने उनका साथीहरूले पनि बेदबहादुरको अनुहार डढ्दै गएको देखेर आश्चर्यचकित भएका थिए । सुरुमा त उनीहरूले म’दिराको कारणले होला भनेर लख काटे । डराउन उचित ठानेनन् । कात्तिकको २–३ गतेदेखि शरीमा ज्वरो देखा पर्‍यो । बिहान–दिउँसो ज्वरो सामान्य हुने । राति भएपछि ह्वात्तै बढ्ने ।

६ महिनादेखि भारी नपाएका भरिया भाइसाथीहरूले अस्पताल पुर्‍याउन कसरी । बेदबहादुरको गलितम् शरीर देखेर विह्वल हुँदै बसे। “ज्वरोले इन्तु न चिन्तुसँग बाटामा मुढोजस्तो भएर लडिरहेको देखेर बौद्धका एकजना शेर्पा थरका व्यक्तिले जोरपाटी, आत्तरखेलको नेपाल मेडिकल कलेजसम्म पुर्‍याइदिनु भएछ,” रमेश भन्छन्, “कोरोना जाँचेछ ।

छातीको एस्सरे गरेछ र फोक्सोमा पानी जमेको छ उपचार गर्ने भए धरौटी जम्मा गर्नुपर्छ भनेपछि पैसा दिन सकिएन । त्यत्तिकै फिर्ता हुनुभयो ।” कात्तिक ४ गते मेडिकल कलेज पुगेका बेदबहादुरको अस्पतालबाट फिर्ता हुँदा पनि ज्वरो घटेको थिएन । शरीर जीर्ण बन्दै गइरहेको थियो । दम पनि बढेको थियो । खोक्दा छाती घ्यार्घ्यार गर्थ्यो । कोरोना परीक्षणको रिपोर्ट दिनुको सट्टा अस्पतालले उल्टै मोटो रकम धरौटी माग्यो ।

“भरियाले कहाँबाट बुझाउनु आठ– नौ लाख धरौटी ?,” उनी भावुक हुँदै पीडा सुनाउँछन्, “उपचार खर्च नभएपछि अस्पतालबाट सडकै फिर्ता हुनुभयो । साथमा ज्वरो र छातीको दुखाइ बोकेर।” अस्पतालले फिर्ता पठाउनुको कारण उनीहरूले भोलिपल्ट मात्रै बुझे । बेदबहादुरलाई कोरोना सङ्क्रमण भएको रहेछ । धरौटी बुझाउन नसक्ने बिरामीलाई अस्पताले शै’य्या किन दिन्थ्यो र ?

पाँच गते राति उनी बौद्ध ओरालोको सार्वजनिक शौचालय नजिकै सुतेर रात बिताए । भोलिपल्ट कोरोना सङ्क्रमित भएको ठहर भएपछि सबैजना छेउ पर्न डराए । उद्धार गर्ने कोही भएन । दोष नेपाल मेडिकल कलेजको थिएन । उसले त खाली स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयको पछिल्लो आदेश पालना मात्र गरेको न हो ।

सरकारले कात्तिक २ गतेपछि भर्ना भएको सबै को’रोना सङ्क्रमितको उपचार गर्न नसक्ने, विपन्न, असहाय, अपाङ्गता भएका, एकल महिला आदिको मात्र उपचार गर्न सक्ने भनेर हात उठाइसकेको थियो । बेद बहादुरसँग वि पन्नताको पुर्जी थिएन । न गरिबीको कुनै प्रमाणपत्र नै थियो । खल्ती हेरेर अस्पताले धनी–गरिब छुट्टयाउने कुरै भएन । भरियासँग लाखौं रुपैयाँ हुँदैन भनेर अस्पतालको चेतनाले ठम्याओस् पनि कसरी ? मेडिकल कलेजले बेदबहादुरलाई घर फर्कने बाटो देखाइदियो ।

को’रोना सङ्क्रमणले उनको मदिरा–प्यास रोक्न सकेन । हातमा कोरोना पोजेटिभको पुर्जी बोकेर उनी भट्टी छिरे छन् । कात्तिक ६ गते नै उनले त्यसो गरेका रहेछन् । भोलिपल्ट मात्रै टोलबासीले थाहा पाए । गाउँभरि सर्वत्र त्रास व्याप्त भयो । प्रहरीलाई खबर गरे । म’दिराको सुरमा उनी कता अलप भए कता ? कसैले भेउ पाउन सकेनन् ।

बेदबहादुरलाई कुनै अस्पतालले भर्ना लिई पो हाल्छ कि भनेर उपाय खोज्न निस्किएका स्थानीय मोहन गौतम सुनाउँछन्, “को’रोना सङ्क्रमित भने पछि मानिसहरू सबै तर्कंदा रहेछन् । कसले सहायता गर्नु ?” तत्कालीन एमालेको युवा सङ्घका क्षेत्रीय अध्यक्ष समेत रहेका उनले स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गरे । आफ्नै पार्टीको सरकार भएकाले सहायता मिल्नेमा उनी ढुक्क पनि हुँदा हुन् ।

स्वास्थ्य मन्त्रालयको ९८५१२५५८३७ नम्बरको हटलाइनमा सम्पर्क गर्दा फोन उठ्नै दुरुह भयो । धेरैपल्ट फोन डायल गरेपछि बल्लतल्ल फोन उठ्यो । एकजना कर्मचारीले रूखो जवाफ फर्काए । “सरकारले निःशुल्क उपचार गर्न नसक्ने भनेको छ, संक्रमितले अस्प तालले तोकेको धरौटी बुझाएमात्र अस्पताल पुर्‍याइदिने जवाफ दिए” गौतम भन्छन्, “सरकारले विपन्न, असहाय नागरिकलाई निःशुल्क उपचार गरिदिने भनेको छ नि भनेर सोध्दा, खै हामीलाई थाहा छैन भनेर पन्छिए ।”

त्यसपछि गौतमले स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सञ्चार हेर्ने माधव तिवारीलाई पनि फोन गरे । उनले प्रष्ट जवाफ नदिएको गौतम सुनाउँछन। निरुपाय भएका मृतकका साला रमेशले बिहानदेखि स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गरेर बसे । अनुनयविनय गरे पछि अपराह्नतिर एम्बुलेन्स उपलब्ध गराउन सहमत भयो । एम्बुलेन्सत त आयो । तर, बेदबहादुर होसमा थिएनन् ।

एम्बुलेन्सका कर्मचारीले ‘जड्याहा’लाई कुन अस्पताल भर्ना गर्नु भनेर एम्बुलेन्स रित्तै फर्काएको रमेश बताउँछन् । फुलपातीको रात पनि बेदबहादुर सडकपेटीमै काटे। अष्टमीको दिनको सूर्योदयसँगै रमेश एम्बुलेन्सको खोजीमा जुटे। बौद्ध प्रहरीलाई लाख बिन्ती बिसाए पछि अस्पताल पुर्‍याइदिन राजी भएको थियो । भिनाजुले अस्पताल जान पाउने भए, उपचारखर्च ज्यान धरौटी राखेर भए पनि बेहोरौंला भनेर रमेशको अनुहारमा शारदीय घाम लागेको थियो ।

खुसीको बत्ती निभ्न रत्तिभर पनि लागेन । सडकमा बेवारिसे पल्टिइरहेका बेदबहादुरलाई उठाउन प्रहरीले एम्बुलेन्स ल्याएको मात्र के थियो, वि’परीत दिशाबाट आएको स्कुटरले बेदबहादुरलाई ठ’क्कर दियो। टाउकामा ग’म्भीर चो’ट लागेका बेदबहादुरको घटनास्थल मै प्रा’णपखेरु उठ्यो । “सद्गत गर्ने पैसा पनि छैन । कुन खर्चले कि’रिया उतार्नु भनेर दिदी, भान्जाभान्जी पिरोलिइरहेका छन्,” रुँदै रमेश भन्छन्, “अब हामीले आफ्नै भाग्यलाई त स’राप्ने होला !” यो खबर बार्हखरिमा अक्षर काकाले लेख्नु भएको छ ।

तपाईको प्रतिक्रिया