कुलमान आ’उनासाथ भारतमा बि’धुत नि’र्यात बढ्यो,,,(भिडियो)
2021, August 30th, Monday

admin

काठमाडौँ । भारतबाट ३३ मेगावाट विद्युत् आयात हुँदा ५० मोगावाट विद्युत् निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार हाल नेपालको आन्तरिक विद्युत् उत्पादन नै १ हजार ४ सय ५ मेगावाट पुगेको छ । यस मध्ये नेपाल विद्युत् प्राधिकरणले आफ्ना आयोजनाबाट ४ सय ५७ मेगावाट उत्पादन भइरहेको जनाएको छ ।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४ सय ५७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट ५ सय ८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।नेपालमा राष्ट्रिय प्रणालीमा सबैभन्दा बढी विद्युत् खपत हुने समय(साँझ)को विद्युत्को उच्च माग (पिक डिमान्ड) भने १ हजार ४ सय ३८ मेगावाट रहेको छ ।

उक्त माग धान्न भारतबाट ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ । नेपाललाई बढी भएको विद्युत् रातको समयमा भारतमा ५० मेगावाटसम्म निर्यात हुँदै आएको जनाएको छ । नेपालका विद्युत् उत्पादन आयोजना मध्ये अधिकांश नदीको बहाबमा आधारित भएको र वर्षामा नदीको बहाब बढ्ने भएकोले अधिकांश

आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा नेपालले हाल आफ्नै उत्पादनबाट उपलब्ध माग धान्न सक्ने अवस्थामा पुगेको हो ।यद्यपी माग र आपूर्तिमा सन्तुलन ल्याउन भारतबाट ३३ मेगावाट आयात भइरहेको देखिएको छ । माग र आपूर्तिबीचको यो तथ्यांक भने दैनिक परिर्वतन भइरहन्छ ।

यसअघि पनि नेपालले पिक आवरबाहेकको समय(राती)को विद्युत् भारतमा निर्यात गर्दै आएको थियो । यद्यपी भारतबाट हुने आयात भने वर्षायाममा पनि न्यूनतम ३ सय मेगावाटसम्म हुँदै आएको थियो । त्यस्तै, हिउँदमा ६ सय ५० मेगावाटसम्म भारतबाट आयात गरिँदै आएको थियो । हिउँदमा नदीहरुमा पानीको बहाब कम हुने हुँदा आयोजनाहरुको उत्पादन एक तिहाईभन्दा बढी खुम्चिने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा हाल सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण पूरा भई ७६ मेगावाट दरका ६ ओटै युनिटबाट विद्युत् उत्पादन सुरु भइसकेको छ । यसले पनि नेपालाई विद्युत्मा आत्मनिर्भर हुन वा आयात घटाउन सघाइरहेको छ ।-यो खबर मकालु खबरमा प्रकाशित छ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया