शि’वम् सि’मेन्टले तिरेन सा’ढे दुई अर्ब विद्युत् महसुल,,,!
2021, August 30th, Monday

admin

काठमाडौं ।शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड तिरेको छैन। हेटौँडा उप’महानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि वि’द्यु’त् महसुलवापत सो रकम नतिरेको हो।

डेडिकेटेड फिडर वि’द्यु’त् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल वि’द्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ।

प्राधिकरणले म’हसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल वि’द्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए।

प्राधिकरणले बक्यौता रकम त’त्काल नबु’झाए वि’द्युत् लाइन काटिदिने ब’ताउँदै आए पनि हालसम्म पनि वि’द्युत् आपूर्ति बन्द गर्न सकेको छैन। सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ।

सर्वोच्च अ’दा’ल’तले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आ’दे’श दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

तपाईको प्रतिक्रिया