“सुदूरपश्चिम र कर्णालीवासीले मनाउने विशेष पर्व (गौरा)  राष्ट्रपति र प्रधानमन्त्रीले आज मानाउदै गरेको गौर पर्वको दिए शुभकामना!!
2021, August 30th, Monday

हाम्रो खबर संबाद दाता

“१४ भदौ, काठमाडौं ।  सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा  पर्व  मनाउँदैछन् । गौरा  पर्वको   अवसरमा  राष्ट्रपति विद्यादेवी   भण्डारी  र   प्रधानमन्त्री   शेरबहादुर    देउवाले शुभकामना  दिएका छन् ।भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म   नेपालको   सुदूरपश्चिम  क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ ।”

“यो  पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई   प्रसादका   रूपमा  ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ ।  यस  चाडमा  व्रत  बसी  शिव र गौरीको पूजा गर्नाले सुख,  शान्ति  प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।”

“राष्ट्रपति  भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान  गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज  निर्माणका   लागि   अग्रसर   हुन    सबैलाई प्रेरणा मिलोस्  भन्ने  कामना   गरेकी  छन्   ।लोक  परम्परा  तथा सांस्कृतिक  पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र

“सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै  आएको राष्ट्रपतिको भनाइ छ ।उनले कोभिड–१९ को  संक्रमणबाट  जोगिन  सरकारले  लागू  गरेका स्वास्थ्य सम्बन्धी  नियमहरूको  पालना  गर्दै  सावधानीका साथ यो पर्व मनाउनसमेत सबैलाई आग्रह गरेकी छन् ।”

“यसैगरी   प्रधानमन्त्री   शेरबहादुर   देउवाले   गौरा   पर्वका अवसरमा शुभकामना सन्देश दिंदै नेपालका मौलिक पर्वले विभिन्न जातजाति,  क्षेत्र  र  समुदायलाई  एकसूत्रमा  बाँध्दै आएको उल्लेख गरेका छन्।”

तपाईको प्रतिक्रिया