“आज श्री कृष्ण जन्माष्टमी ,श्री  कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव !! जय श्री कृष्ण!! 
2021, August 30th, Monday

हाम्रो खबर संबाद दाता

“श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा विश्वभर रहेका भगवान श्री कृष्णका भक्त तथा अनुयायीहरु लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!.”

“भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार भगवान श्री कृष्णको जन्म द्वापर युगको अन्त्य ताका भाद्र महिना कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्र रात्री १२ बजे मथुराको कारागारमा माता देवकी र पिता वासुदेवको ८ औं संतानको रुपमा भएको थियो। कन्हैया, श्याम, गोपाल, केशव, द्वारकाधीश,

वासुदेव,बालगोपाल आदि नामले प्रचलित जगतगुरु श्री कृष्ण र पाण्डु पुत्र अर्जुनको कुरूक्षेत्रको महाभारत युद्दमा भएको संवादको ग्रंथ भगवतगीता  सारा विश्वमा लोकप्रिय रहेको छ। गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका भगवान श्री कृष्णले पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गर्नु भएको थियो।

“राक्षेसी प्रवृतिको आफ्नै मामा कंस,शिशुपाल,जरासन्ध,पौंड्रक आदिको अन्त्य गर्नु भएका भगवान श्री कृष्णले कुरूक्षेत्रको महाभारत युद्दमा सत्यमार्गमा रहेका पाण्डवहरु  लाई जिताउनु भएको थियो।”

“कृष्ण जन्माष्टमीलाई सातम,आठम,गोकुलष्टमी,अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन्।”

“ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।”

“जन्माष्टमीमा पाट”नको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ।यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ।

Jay Shree Krishna 🙏❣️ Koti Koti Pranam 🙏❣️

तपाईको प्रतिक्रिया