हाम्रोखबर संवाददाता 254 Views
“काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘माधव नेपालको एक्लो प्रयत्नले उहाँ पार्टी विभाजनमा अघि बढ्नुभएको थिएन ।”
“स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुर्याएका हुन् । १५ जना स्थायी कमिटी सदस्यहरुले विभाजनको लागि दबाब दिएको केपी ओलीलाई बहिर्गमन गर्नुपर्छ भनेर सर्वसम्मत् निर्णय हुन्थ्यो । अगुवाई माधव नेपालले गर्नुहुन्थ्यो । हिजो माधव नेपाललाई त्यसरी अघि बढ् भन्नुभयो, उहाँहरुले अनि आज अन्तिममा आएपछि उहाँहरुले पार्टी विभाजन रोक्न सक्नुभएन ।’
“माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुरयाउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उनको आरोप थियो । उनले भने,‘अहिले पनि मेरो मध्यमार्गी नेताहरुसँग फोनमा कुरा भैरहेको छ, मैले उहाँहरुलाई माधव नेपाललाई किन फर्काउन सक्नुभएन भनेर सोधेको छु ? सम्भवतः माधव नेपालको पार्टीको आज लेखिएको विधान हिजो माधव नेपालसँग रहेका स्थायी कमिटीकै सदस्यहरुको संलग्नतामा लेखिएको हो ।’
“आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उनले सुनाए । उनले भने,‘स्थायी कमिटीका सदस्यहरु ओलीसँग हुनुहुन्छ । माधव नेपाल आफ्नो मात्रै ईच्छा र चाहनाले यो अवस्थामा पुग्नुभएको हुँदैहोईन । हिजो हामी संगै हुँदा केपी ओलीलाई प्रधानमन्त्रीबाट फ्याँक्ने कुरामा स्थायी कमिटी सदस्यहरुले हामी सबैलाई लतारे ।”
“माधव नेपाललाई अगाडि लगाएर चुलीमा पुर्याउने, तर उहाँहरु फिर्ता हुनुभयो । मलाई त चिन्ता लागेको छ । अहिलेपनि मैले एकताको लागि पहल गरेको छु । म त यो कुरामा दृढ छु । मेरो आफ्नो व्यक्तिगत भावना भनेको पार्टी एकता हो । उनले पार्टी विभाजनले ठिक नगरेको पनि सुनाए । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहनेगरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निर्णय नदिएको पनि उनले सुनाए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)