हाम्रो नेपाल हामी नेपाली अभियानले पर्यटन मन्त्री र उनको श्रीमतिलाइ हाल्यो मुद्दा,ताली या गालि
2020, October 25th, Sunday

admin

नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरेविरुद्व हाम्रो नेपाल हामी नेपाली अभियानले अख्तियार अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको छ ।

बिन्दा घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई पत्नी हुन् । घिमिरे विरुद्व भ्रष्टाचार विरोधी अभियान हाम्रो नेपाल हामी नेपालीको नर्सिङ विभागले अख्तियार

अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको र नक्कली सर्टिफिकेट बनाएको भन्दै मुद्दा दर्ता गरेको अभियानका संयोजक ज्ञानेन्द्र शाहीले बताए । आयुर्वेदिक पढेकोलाई नर्सिङको लाइसेन्स

वितरण गरेको हुनाले मुद्दा दर्ता गराएका हौं’शाहीले भने । उनले भ्रष्टाचार विरुद्व देशभर आफ्नो अभियान सक्रिय रहेको समेत बताए । शाहीले मन्त्रीको पनि यसमा संलग्नता रहेको

हुनसक्ने समेत शंका व्यक्त गरेका छन् । साथै यो मुद्दा अख्तियार अनुसन्धान आयोगको लागि पनि परीक्षा र अख्तियारमाथि जनबिश्वास कायम राख्न मद्दत पुर्‍याउनेमा आफूहरु बिश्वस्त रहेको पनि शाहीले बताए । मालपोत खबर बाट

तपाईको प्रतिक्रिया