“अध्यक्ष दिन्छु भन्ने माधव,नेपाललाई योगेशको, जवाफ ‘आफैंसँग भएका,लाई अध्यक्ष, बनाएर उदाहरण देखाउनुहोस्’
2021, August 29th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कडा जवाफ दिएका छन् । नेता नेपालले आफ्नो साथ छाडेर एमालेमा गएका नेताहरुलाई फर्किन आग्रह गरेका थिए । उनले आफ्नो साथ छोडेर एमालेमा गएका योगेश सहितका १० नेताहरु आफ्नो पार्टीमा फर्किए अध्यक्ष दिने बताएका थिए ।”

“माधव नेपालले अध्यक्षको अफर गरेपछि भट्टराईले जवाफ दिएका हुन् । एमालेमै एकताबद्ध भएका दोस्रो पुस्ताका नेताहरूलाई आफ्नो पार्टीमा आए अध्यक्ष पद दिन तयार रहेको अभिव्यक्ति दिएका नेपाललाई भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।”

“नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।”

“नेता भट्टराई पनि एमालेमा लामो समय नेपाल समूहमा रहेका नेता हुन् । तर, अध्यक्ष केपी शर्मा ओलीसँगको मनमुटावका कारण नेता नेपालले एमाले विभाजन गरी नयाँ पार्टी खोले पनि भट्टराईसहित उनी पक्षका भनिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत नेता एमालेमै रहेका हुन् ।”

तपाईको प्रतिक्रिया