“७० वर्ष पुग्‍न लागियो, अब पार्टी नेतृत्वबाट बि’दा हुने इच्छा छ”
2021, August 28th, Saturday

admin

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् ।उमेरका हिसा’वले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे।

शनिबार माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल)को राष्ट्रिय भे’लालाई स’म्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।“उमेरका हिसावले हामी ७० वर्ष आसपासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैन” प्रचण्डले भनेका छन् ।

प्रचण्डले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका थिए । साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भए’को उनले ब’ताएका थिए । साथै सत्तारुढ गठबन्धन संविधानको रक्षा, राष्ट्रियता र लोकतन्त्र सुदृढिकरणका लागि बने’को बताएका थिए । साथै गठबन्धनलाई बचाइराख्नुपर्ने पनि उनको भनाइ थियो ।

यस्तै एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्र’तिक्रिया’वादी शक्तिहरुले यो गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री पदका लागि ओलीले ठगी धन्धा गरेको समेत उनले आरोप लगाए ।

उनले भने ‘दुई वर्षमा सरकारको जिम्मेवारी मलाई दिने भने तर दिएनन् । तमसुकमा सही ह’स्ताक्षर गराए तर कार्यान्वयन गरेनन्’ उनले भने ।यस्तै केपी ओलीसँग पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो । ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको समेत उनले बताएका थिए ।

तपाईको प्रतिक्रिया