admin 261 Views
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोल्टी मोडको प्लाटिनम होटलअघि झ्याइँ-झ्याइँ पञ्चेबाजा बजाउँदै नाचगान गर्यो । प्लाटिनम होटल रहेको भवनको सम्पत्ति कर नउठेपछि घरधनी नेपाल चेम्बर अफ कमर्शका नाममा ‘छिटो कर तिर्न’ आग्रह गर्दै सूचना पनि टाँस्यो, माइकिङ पनि गर्यो ।
नेपाल चेम्बर अफ कम’र्सका अध्यक्ष राजेन्द्र मल्ल भने सामाजिक संस्थाबाट समेत झ्याली पिटेर कर उठाउन जोडबल गरिरहेको महानगरपालिकाले हप्तौंदेखि फोहोर नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् । फोहोर नउठ्दा शहरबासी र आम व्यवसायी वर्ग नै समस्यामा परिरहेको उनको गुनासो छ ।
करिब डेढ महिनादेखि उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । अझै कति दिन फोहोर उठ्दैन भन्ने निधो नभएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमेख हरिकुमार श्रेष्ठ बताउँछन् । आगामी तीन दिन भारी वर्षा हुने भनिएकाले पनि तत्कालै फोहोर उठ्न शुरु नहुने निश्चितजस्तै छ ।
श्रेष्ठका अ’नुसार झरी र हिलोले सडक अस्तव्यस्त भएपछि नुवाकोटको ओखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।
यसले गर्दा शहरबासीलाई घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता आइपरेको छ । डेरामा बसेकाहरु झन् बढी समस्यामा छन् । होटल, रेस्टुरेन्ट लगायतका बढी फोहोर निष्कासन गर्ने व्यवसायीहरु पनि ठूलो मर्कामा छन् । फोहोर कोठाभित्रै राख्न नसक्ने अवस्था आएपछि कतिपयले राति-राति चोक, गल्ली, सडक र नदी किनारमा फोहोर फालिरहेका छन् । यसले सहरमा दुर्गन्ध र प्रदूषण बढेको छ ।
यही बेला काठमाडौं महा’नगरपालिका प’ञ्चेबाजा बजाउँदै सम्म्पत्ति कर नतिर्नेको घर आँगन र कार्यालय परिसरहरुमा पुगिरहेको छ ।महानगरपालिकाका अनुसार करिब ७० करोड सम्पत्ति कर विभिन्न व्यवसायिक तथा समाजिक संस्था र सरकारी कम्पनीहरुबाट असुल गर्न बाँकी छ । कर असुलीका लागि महानगरपालिकाले सूची सार्वजनिक गरेपछि कर उठ्न पनि थालेको छ ।
कतिपयले महामारीमा कर असुल्न ‘कटुवाल प्रथा’ दोहोर्याएको भन्दै आलोचना गरेपनि करबाट उन्मुक्ति दिन नसकिने महानगरपालिकाले बताउँदै आएको छ । महानगरपालिकाका राजस्व विभाग प्र’मुख शिव अधि’कारी पहिलो चरणमा २० करदाताको नाम सार्वजनिक गरेर ‘माइकिङ’ गरेपछि कर उठ्न थालेको बताउँछन् । कर तिर्न प्रेरित गर्न रचनात्मक ढंगले बाजा बजाउन थालिएको उनको भनाइ छ ।
व्यवसायीहरु भने कर मात्रै उठाउन ध्यान दिने महानगरको शैलीप्रति असन्तुष्ट छन् । न्युरोडमा महानगरपालिकाको नाचगान हेरेका मिठाइ व्यवसायी सुरेन्द्र सरदार कर तिर्न जाँदा फोहोर पनि महानगर कर्यालयकै ढो’कामा लगेर छोड्नुपर्ने अवस्था आइसकेको बताउँछन् ।
‘कर उठाउन यत्रो तामझाम गरेर टोली पठाइएको रहेछ, यसरी आउँदा फोहोर उठाउने गाडी पनि लिएर आउनुस् भनेर नगर प्रहरीलाई नै भनेको छु,’ उनले भने, ‘फोहोर राख्ने ठाउँ भरिसक्यो, फोहोरको गाडी आउँदैन, अब कर तिर्न जाँदा मेयरको कार्यालयको ढोकामै लगेर फोहोर छोड्नुपर्ने हो ?’?-नेपाल समाचार बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)