admin 279 Views
काठमाडौं ।हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ अहिले चर्चामा छ । शीर्ष पाँच प्रतियोगी छनोट भैसकेको र यसै साता उत्कृष्ट चार चुनिने छन् । शीर्ष चारका लागि सिक्किमका विक्की अग्रवालले आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् ।
भरतमणि पौडेल, विकास अर्याल, सन्तोष थापा, हिक्मत महरा अन्तिम चारमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।
आज शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ ।
ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् । कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका छन् ।
२०६९ साल माघमा उनी रेडियो तमोरको जागिर छोडेर काठमाडौं आए । कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको ‘साथीसँग मनका कुरा’ कार्यक्रमका लागि अडिसन दिएपनि छनोट नभएर फेरि ताप्लेजुङ नै फर्किएर उही पुरानो अफिस रेडियो तमोर पुगेका थिए ।
भिडियो हेर्नुहोस:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)