admin 216 Views
काठमाडौं ।प्र’धानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्।
त्यसैले संवैधानिक इजलासमा परिषद्सँग जोडिएका मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश बिदामा बस्नेछन्। संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृ’त्वमा पाँच सदस्यीय हुने व्यवस्था छ। संवैधानिक परि’षद्सँग सम्बन्धित मु’द्दा सुनुवाइ हुँदाका दिन प्रधानन्यायाधीश बिदामा बस्ने भएपछि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास बन्नेछ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्को सदस्यमा प्रधानन्यायाधीश रहने संवैधानिक व्यवस्था छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानन्यायाधीश जबरासमेत सम्मिलित संवैधानिक परिषद्को बैठकले अध्यादेशमा टेकेर वि’भिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
ओली सरकारले परिषद्को काम, कर्तव्यसम्बन्धी अध्यादेश ल्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेपछि आलोचना भएको थियो। ओली सरकारका पालामा अध्यादेशमा टेकेर संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका सिफारिस बदरको माग गर्दै
सर्वोच्च अदालतमा मुद्दा परेका छन्। यी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश जबरा बस्न नहुने टिप्पणी हुँदै आएको थियो। यही भदौ १८ मा संवैधानिक परिषद्सँग जोडिएका मुद्दाको पेसी तोकिने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।सर्वोच्चले आगामी साता सुनुवाइ हुनेगरी रिट निवेदकहरूलाई जानकारी गराएको छ।
प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको हैसियतले पेसी तोक्नेछन्। कार्कीले नै संवैधानिक इजलासको नेतृत्व गरी वरिष्ठताका आधारमा अन्य चारजना न्यायाधीशलाई इजलासमा राख्नेछन्।- यो समाचार नागरिक दैनिकमा छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)