“मौलिक धर्म, प’रम्पराको सम्मान र जगे’र्नाबाट नै देश र समाज सु’दृढ हुन्छ”
2021, August 28th, Saturday

admin

सुनसरी । रा’ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले मौलिक धर्म, परम्पराको सम्मान र जगेर्नाबाट नै देश र समाज सुढृद हुने बताएका छन् ।

‘आदिवासी धर्म, सँस्कृ’तिको आफ्नै भूमिका र देन छ । यसै अनुरुप मौलिक लिम्बु परम्परालाई निर’न्तर राख्नु महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्री सुब्बाले शनिबार भने।

स्वर्गीय क्या. इन्द्रबहादुर लि’म्बुको चार दिनको सुद्ध्याई कार्यक्रममा बोल्दै सुब्बाले यस्तो विचार व्यक्त गरेका हुन् । इटहरी नगरपालिका, वडा नं १० का स्थानीय, लिम्बुको १०२ वर्षीको उमेरमा निधन भएको थियो ।

अवकाश प्राप्त बे’लयाती सेनाका क्याप्टेन लिम्बुका ६ श्रीमतीमध्ये ४ जना जिवित छन् । उपस्थित सबै परिवारजनलाई सात्वना दिँदै राप्रपाका वरीष्ठ नेता सु’ब्बाले मृ’त आत्माप्रति श्र’द्धान्जली अर्पण गरे।

‘दोस्रो विश्व युद्धका सेनानी, क्या. इन्द्रबहादुर लिम्बु समाजको गहना हुनुहुन्थ्यो । समाजसेवीका रुपमा परिचित क्याप्टेन लिम्बुले देश भित्र र बाहिर निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ,’ सुब्बाले भने ।- ओएस नेपाल

तपाईको प्रतिक्रिया