“याे पदको ल’डाइँ हाेइन, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण’ गर्न म तयार छु : अध्यक्ष नेपाल”
2021, August 28th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाण्डाै – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गर्नु भएको छ ।”

“अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा समेत भयो । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको, पटकपटक दोहाेर्‍याउनु भयो ।

‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण,गर्न म अहिले पनि तयार छु’, अध्यक्ष नेपालले भन्नु भयो, ‘आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट अहिल्यै र केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु । यो विचार, सिद्धान्त र मूल्य-मान्यताको ल’डाइँ हो ।’

“अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गर्नु भयो । उहाँले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।”

“अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताउनु भयो । यस अभियानमा पदलोलुप नभइ काम गर्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।”

तपाईको प्रतिक्रिया