“केपी ओलीजी तपाईले, सरकारमा बसेर, देशलाई बर्बाद पार्नुभएको थियो”अहिले बर्बादी को नाच  सबैलाई देखाएउ।:- नेता  नेपाल् ।
2021, August 28th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीले सरकारमा बसेर देशलाई बर्बादमा पारेको आरोप लगाएका छन् । आज (शनिबार) पेशागत महासंघ बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।”

“उनले ओलीले भजनमण्डली, साईबर स्यालहरुलाई मात्रै काखी च्यापेको तर अरुलाई अपमान गरेको पनि स्मरण गराए । उनले आफूहरुले देशको स्वाधिनतालाई रक्षा गर्नको लागि क्रान्तिकारी धारलाई अघि बढाएको र आज नयाँ पार्टी जन्मिएको पनि स्पष्ट पारे ।”

“उनले भने,‘भदौ ९ गते नै हामीले नयाँ पार्टीको प्रमाणपत्र प्राप्त गर्यौं । यो पार्टी केपी ओलीको पार्टीभन्दा भिन्न हुनेछ । यो क्रान्तिकारीको धारमा जानेछ । कमिटी प्रणालीलाई आत्मसात् गर्नेछ । कार्यकर्ताहरुको उचित मूल्यांकन गर्नेछ । जनताको समस्यासँग जोडिनेछ । युवा पुस्तालाई समेटेर उनीहरुको समस्या सम्बोधन गरेर जानेछ ।’

” यो पनि :-जीवनको उत्तर्राद्धमा छु, युवालाई, नेतृत्वमा प्रोत्साहित” गर्छुः प्रचण्ड”

“काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तर्राद्धमा भएको बताएका छन् । आफू उत्तर्राद्धमा पुगिसकेकोले युवालाई नेतृत्वमा ल्याउन प्रोत्साहित गर्ने समेत बताए ।”

‘७० को दशकमा पुग्न लागेँ, यो जीवनको उत्तर्राद्ध हो,’ प्रचण्डले आज वाइसिएलको राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै भने, ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ नत्र ढिलो हुन्छ ।’ उमेर बुढो भएपनि विचार र प्रवृत्ति बुढो नहुने बताए । उनले आफ्नो विचार र प्रवृत्ति कहिल्यै बुढो नभएको बताए ।”

“युवा नेतृत्वलाई प्रोत्साहित गर्ने भनेरै २० प्रतिशत केन्द्रीय समितिमा सुनिश्चित गरेको बताए । युवालाई नेतृत्वमा ल्याउँदा प्रतिगामीलाई परास्त गर्न सजिलो हुने बताए ।”

“नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ढाँटछलको राजनीति गर्ने भन्दै आलोचना गरे । उनले आफू जे हो त्यही बोल्ने नेता भएको दाबी गरे । उनले भने, केपी प्रवृत्ति बोल्ने एउटा गर्ने अर्को हो ।”

तपाईको प्रतिक्रिया