“नारायण मुग्लिन सडकखण्ड,वाट आयो यस्तो खबर, ट्राफिक प्रहरीले, गर्यो यात्रुलाई आग्रह”
2021, August 27th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । बिहिवार रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । तर पहिरोको जोखिम कायम रहेकाले जोखिम भने यथावत छ । विहिवार राती देखि नै अवरुद्ध भएको सडक विहान पहिरो पन्छाएपछि सूचारु भएको हो ।”

“पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।”

“अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहेका सवारीहरू गन्तव्यतर्फ पठाउने काम भइरहेको जिल्ला”

“ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवानराज थापाले बताए । लगातार वर्षा भइरहेकाले सो सडकखण्डमा पहिरोको जोखिम कायम रहेकाले सतर्क भएर यात्रा गर्न उनले आग्रह गरेका छन् ।”

तपाईको प्रतिक्रिया