“जनताको दुख देख्न, नसक्ने ,गाएक टुहुरेको, नि’धनले ३ करोड नेपालीहरु दुखि !”
2021, August 26th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् ।”

“७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रो’क भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उ’च्च र’क्त’चापका विरामी थिए । २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।”

“जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरु’द्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शो’षित र उ’पेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन् ।”

“नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई वि’द्रो’हको झ’ण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा ल’ड्नु’भएका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।”

“उपचारमा संलग्न चिकित्सकले उनलाई स्ट्रो’क भएको बताए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मु’ठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।”

“विसं २०२८ देखि सुरु भएको झापा वि’द्रो’ह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिंडे। उनि त्यतिबेला कोशी प्रान्तीय परिषद्मा सङ्गठित थिए । पञ्चायतकालका आफ्ना अधिकारको कुरा गर्नु नै अ’पराधज’स्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जो’खि’पूर्ण थियो होला ? उनले सुनाएका थिए । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई हेक्का छैन ।”

“सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा (माओवादी केन्द्र)ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उनले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्थे ।”

“टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व थिए । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए । टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरु’द्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रहि उल्लेखनीय योगदान पुर्याएका थिए ।”

“रेडियो नेपालको कार्यक्रममा गीत गाउने अवसर समेत मिल्यो । त्यसपछि जेबीको गायन यात्रा आरम्भ भयो । २०२४ सालमा रेडियो नेपालमै गाएको दोस्रो गीत त्यतिबेला निकै चर्चित बन्यो । रेडियो नेपालमा उनले गाएको गीतले राजा महेन्द्रको गाउँ फर्क अभियानलाई अप्रत्यक्ष सघाएको थियो तर जेबी टुहुरे चाहिँ बिस्तारै कम्युनिस्टहरुको सम्पर्कमा पुगिसकेका थिए ।”

“तत्कालिन समयमा मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुको नेनृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटिका कार्यकर्ताहरुसँगको संगतले उनी वामपन्थी बने । अनि त्यहीँबाट उनको गायन क्षेत्र पनि परिवर्तन भयो । सोल्टिनी र काली गोरीहरुका मायाप्रीतिका गीत गाउने जेबीले त्यसपछि गरीव किसान, मजदूर र आम दिदी बहिनीका गीत गाउन थाले ।”

‘आमा दिदी बहिनी हो …’ बोलको गीतले जेबी टुहुरेलाई गाउँ गाउँ बस्तीमा चिनायो । आजभन्दा ४५ वर्षअघि गाएको यो कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । यो गीतलाई जेबी टुहुरेले जनकलाकार रामेश र बम देवानको सहयोगमा ३ वर्ष लगाएर पूरा गरेका थिए ।”

“एक समय यस्तो थियो जेबी टुहुरे, रामेश, अरिम, मन्जुल, रामकृष्ण दुवालजस्ता चर्चित जनकलाकारहरु गीत गाउँदै गाउँघर हिड्दा प्रशासनको सातो उड्थ्यो भनें जनता उनीहरुतिरै ओइरिन्थे । उनले नै हात समाएर गीत गाउन सिकाएका शम्भु राई, लोचन भट्टराई जस्ता गायक गायिकाहरुले जनवादी गायनबाट त्यसबेलाका उनको भाषामा ‘धनवादी’ गायनको बाटो अँगाले ।”

“लोचन भट्टराईको जनवादी गायन टुट्नुको कहानी त अझ उनले रोचक सुनाएका थिए । त्यसबेला तत्कालीन मालेको सम्पर्कमा थिए उनीहरु । लोचनले ‘टाढा टाढा नभइ जाउ तिमी’ भन्ने गीत गाएपछि पार्टीले सोधपुछ थाल्यो र उनी जनवादी गायनबाट सधैंका लागि टाढा भइन् ।”

“जनताका गीत गाएर गाउँ बस्तीमा हिड्दा उहाँले धेरै हण्डर ठक्कर खाएका कहानी सुनाउँथे । गाउँ बस्तीमा जनताका ताली खाए भनें जनता उचाल्ने गीत गाएको आरोपमा जेलको चिसो हावा पनि खाए । कति ठाउँमा राती -राती जनतालाई जम्मा गरेर रगत उम्लने गीत गाउँथे, तर पनि प्रहरीले थाहा पाएर पक्राउ गरि हाल्थ्यो ।”

“जेबी टुहुरेले जीवनमा ठूलो सपना सजाएका थिए । त्यो के भनें कम्युनिस्टहरुले यो देश र जनताको मुहार फेर्नेछन् । यहि कोरा सपनामा उनले आफ्नो सिंगो परिवारनै दाउमा लगाए । श्रीमती सतिदेवीले छोराछोरीको गाँस काटेर पार्टीका नेता कार्यकर्तालाई पालिन् । छोरी भूमिका शुरुमा त बाबुकै बाटोमा थिइन् तर पछि परिवन्द अर्कै पर्‍यो जसले गर्दा टुहुरे स्वयंले ४०/५० वर्ष बिताएको पार्टी छाडेर माओवादी बनेको अर्कै कहानी छ ।”

“त्यसबेला भेट्दा उनी भन्दै थिए : अहिले आएर जनवादको सपना साँच्चैनै सपना नै रहेछ भन्ने लाग्न थालेको छ । उनले विरक्तिका कथा सुनाउँदा सँगै थिए रामकृष्ण दुवाल, जसले उनलाई ढाडस दिन खोज्थे ।”

“तत्कालिन कोशी प्रान्तीय कमिटि, मुक्तिमोर्चा, कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमालेसम्म उनले ४५ वर्ष बिताए । जनवादी गीति यात्रामा जेबी टुहुरेले खनेको गोरेटो निकै फराकिलो भयो । मधु गुरुङ जो पछि सांसद पनि भइन् उनी जस्ता धेरै कलाकार जेबीले उत्पादन गरेका थिए ।”

“उनको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।त्यसयता टुहुरे लगातार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।”

तपाईको प्रतिक्रिया