हाम्रोखबर संवाददाता 171 Views
“प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माधवकुमार नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बिहीबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले एसपामा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय हो।”
“नयाँ पार्टी खोल्ने निर्णयसहित नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई एमालेबाट निष्कासन गर्ने निर्णय भएको छ’, एक नेताले बैठकपछि भने। बैठकले एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाएर निर्वाचन आयोगलाई दिने निर्णय पनि गरेको उनले बताए।”
“बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा गएका नेता-कार्यकर्तालाई एमालेमै फर्किन आग्रह पनि गरेको ति नेताले जानकारी दिए। ‘पार्टीमा फर्किनेहरूलाई हामी स्वागत गर्न तयार छौँ’, उनले भने, ‘फर्किएर आउनेका लागि पार्टीको ढोका सधैँ खुल्ला हुनेछ।’ साथै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ।”
“बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’”
“पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीले बताए। पार्टीले सांसदबाट हटाउन सूचना दिए पनि सभामुखले सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको प्रवक्ता ज्ञवालीले बताए। साथै उनले अध्यादेश संविधानविपरीत रहेको र स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखेकोमा पनि विरोध गरेका छन्।”
“एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्नेसम्बन्धी विभिन्न निर्णय पनि गरेको छ। बैठकले आगामी मंसिर १०-१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एमाले नेता निरु पालले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिइन्। उनले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको बताइन्। नेता पालका अनुसार केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)