प्र’चण्डलाई कृ’ष्णगोपाल श्रेष्ठले भने: “मान्छे नमारी भातसमेत न’रुच्ने मा’न्छे,,,,,
2021, August 23rd, Monday

admin

काठमाडौं। नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र श्रेष्ठले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालप्रति कटु वचन प्रयोग गरेका छन् ।

काठमाडौं, क्षेत्र नं ९ र १४ नम्बर व’डा पार्टी कार्यालयको संयुक्त उदघाटनमा बोल्दै श्रेष्ठले प्रचण्डलाई मान्छे नमारी भातसमेत नरुच्ने मान्छे भने । उनले प्रचण्डबारे भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मा’न्छेलाई पार्टी अध्यक्ष स्वी’कार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

श्रेष्ठले माधव नेपाललाई ‘विषालु सर्प’ को संज्ञा दिए । उनले विषालु सर्प बाहिरिएकाले अब एमाले शुद्ध हुने बताए । विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त
रुपमा बढ्छ । पार्टीका कतिपय कार्यालयहरु माधव नेपाल पक्षले हडप्न खोजेको भन्दै आलो’चना गरे । माधव नेपाल समूहलाई ‘दुष्टहरु’को झुण्ड’ भने ।यो खबर रिपोर्टर्स नेपालमा प्रकाशित छ।

यो पनि,,,ग्रेट न्युज : अफगानिस्तान बाट ५०४ नेपाली स्वदेश फर्किए,,,, काठमाडौँ : अ’फगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म थप ३५६ जना नेपालीले उद्धा’र तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सु’लर वि’भागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार

गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको आज सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उ’द्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको स’मन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो ।उ’द्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भ’रिएको र उद्धा’र भई सुरक्षित स्थानमा पुगेकाको

विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ । उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उ’द्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्ट’ल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।(रासस)

तपाईको प्रतिक्रिया