‘सभामुखसँगको ध,म्कीपूर्ण, अभिव्यक्ति, लोकतान्त्रिक प्रणालीवि,रुद्ध’
2021, August 23rd, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ, ७ भदौ: प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटामाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उनको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन् ।”

“ती दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले सभामुखलाई लक्षित गरी दिएको संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिकरुपमा सञ्चारमाध्यमममा दिएको धम्कीमूलक अभिव्यक्तिप्रति आफूहरुको ग,म्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।”

“नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनाका साथै सङ्घीय संसद्को संरक्षक पनि भएको जनाउँदै संयुक्त विज्ञप्तिमा सभामुखवि,रु,द्धका ध,म्की,पूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली,वि,रु,द्धका हुन् भनिएको छ । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा सभामुखवि,रु,द्ध दिइएको ध,म्की,,पूर्ण अभिव्यक्तिप्रति घोर आ,प,त्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आ,ग्रह गरिएको छ ।”

“यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा काँग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादीका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ छन्।”

तपाईको प्रतिक्रिया