“ओलीसामु यी हस्तीहरु,को आत्मसमर्पण”
2021, August 23rd, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं, ७ भदौ । नेकपा एमालेलाई फेरि फुटाउन सक्ने ठानिएका दोस्रो पुस्ताका हस्ती नेताहरु पछि हटेका छन् । उपाध्यक्ष भीम रावलसहितका हस्ती नेताहरु एमालेमै रहने निर्णयका साथ पछि हटेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग भित्री सम्झौता गरेर उनीहरुले आत्मसमर्पण गरेको विश्लेषण हुन थालेको छ ।”

“ओलीले २ जेठ २०७५ को अवस्थामा पदाधिकारीका रुपमा रहन भनेपछि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतले आत्मसमर्पण गरेका छन् । यो समूह विगतमा माधव नेपालको साथमा रहँदै आएको थियो । नेपालले एमाले विभाजन गरेपनि उनीहरुले साथ दिएका थिएनन् ।”

“एमाले एकताका लागि कार्यदलको १० बुँदे सुझाव कार्यान्वयनलगायतको शर्त ओलीसामु राख्दै आएका नेताहरु पछि हटेका छन् । उनीहरुले माधव नेपालसँगको एकता समेत अहिलेलाई असम्भव देखेर एमालेमै रहने निर्णय लिएका हुन् । अब बस्ने स्थायी कमिटी बैठकमा पनि रावलसहितका नेताहरु सहभागी हुने भएका छन् ।”

“९ भदौमा एमालेको विभाजनबारे निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्नु अघि विगतमा माधव नेपाल पक्षमा रहेर फुटेको पार्टीमा नगएका नेताहरुले कित्ता अझ स्पष्ट पारेका हुन् । उनीहरुले अब एमाले नफुट्ने सन्देश समेत प्रवाह गरेका छन् ।”

तपाईको प्रतिक्रिया