हाम्रोखबर संवाददाता 833 Views
“काठमाडौं । तीन दिन अघि सार्वजनिक भएको शान्ती श्री परीयारको गीतलाई लिएर आलोचना सुरु भएको छ । ‘लाजले छोपेको( हेर्ने हो र देखाइदिम्’ बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो । उनको गीतले दोहोरो अर्थ दिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।”
“गायक दुर्गेश थापाले सार्वजनिक गरेको एक गीतका कारण दुर्गेशलाई लोकगीत प्रतिष्ठानले उनलाई कारवाहीको निर्णय गरेको थियो । साथै उनलाई विदेशमा हुने कार्यक्रममा सहभागी नगराउन र स्टेजजमा पनि निम्ता नदिन भन्दै प्रतिष्ठानले अनुरोध समेत गरेको थियो । दुर्गेशलाई गीतमा आपत्ती जनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको निर्णय गर्ने प्रतिष्ठानले यस्तो दोहोरो अर्थ दिने गीत सार्वजनिक हुँदा नबोलेको भन्दै विरोध समेत गरिएको छ ।”
“१२ अगस्तमा सार्वजनिक भएको सो गीतमा राजु सुनामको शब्द तथा संगीत रहेको छ भने गायिका शान्तीश्री परियार र यज्ञ बिकको स्वरले स्वर दिएका छन्। सामाजिक परिवर्तनका गीत गाउने शान्तीश्रीले यस्तो गीत गाएको भन्दै उनको बढी आलोचना भएको छ ।”
“गीतको भिडियोमा पुष्प खड्का र जिशु कोइराला नाचेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको छ।”
“दोहोरो अर्थ दिने खालको भएकाले टिकटकमा दोहोरो अर्थ दिने भिडियो पनि बनाइन थालिएको छ । नवीना थापा नामका एक प्रयोगकर्ताले भनेकी छिन्, दुर्गेशको गीत नराम्रो लाग्नेहरू यो गीत चाई राम्रो लाग्यो होला होइन दोहोरी प्रतिष्ठानलाई नि राम्रो लागेछ जे होस्।”
“त्यसैगरी अर्का प्रयोगकर्ताले गीतमाथि कुनै कारवाही नथालिएको आरोप लगाउँदै प्रतिष्ठानमाथि प्रश्न उठाएका छन्। ‘कता छ दोहोरी गीत प्रतिष्ठान रु के यो गीतका शब्द विवादास्पद छैन र रु गणेश बानियाँ नामका प्रयोगकर्ताले प्रश्न गरेका छन्। तोपबहादुर खड्का नामका प्रयोगकर्तालाई भने शान्तिश्री परियारकै स्वरमा यस्तो शब्दको गीत आएकोमा लाज नै लागेछ। उनले भनेका छन्, ‘शान्तिजीबाट यस्ता शब्दको व्यापार हुनु लज्जास्पद।’ ‘हेर्ने हो र देखाइदिम्’ गीतको शब्दमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कस्तो एक्सनमा उत्रिएला ? त्यो भने हेर्न बाँकी नै छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)