भारतिय गुप्तचर (RAW) को प्रमुख सग प्रधानमन्त्री केपि ओलिको भेट भएको खुलासा,अब के होला ?हेर्नुहोस ,
2020, October 23rd, Friday

admin

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले भेट गरेको ओलीकै खसचिवालयले पुष्टि गरेको छ।

बिहीबार प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ रअ का प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।प्रधानमन्‍त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटका क्रममा उनले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।

उता, बुधबार कूटनीतिक उडानबाट नेपाल आएको रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोलीले पूर्वप्रधानमन्त्रीहरुलाई पनि भेट गर्ने चर्चा चलेको थियो । तर पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन्

तपाईको प्रतिक्रिया