“कम्युनिस्टले लुटेर बिगारे,को देशलाई कांग्रेसले, निर्माण गर्छः शंकर भण्डारी”
2021, August 10th, Tuesday

हाम्रोखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले देशमा कम्युनिष्टहरूका कारण अराजकता, द्वन्द्व र हिंसा फैलिएको बताएका छन् ।”

“नेपाली कांग्रेसको तरुण विभागअन्तर्गतको युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समन्वय समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका भण्डारीले २०७४ सालपछि नेपालमा कम्युनिष्टहरूले सरकार चलाएका बेलामा देशमा अराजकता फैलाएको बताए । उनले कम्युनिस्टहरू सत्तामा पुगेका बेलाले राज्यको सम्पतिमाथि ब्रम्हलुट मच्चाएको बताए ।”

“कम्युनिस्टले मच्चाएको अराजकतालाई कांग्रेसले सुझबुझका साथ नियन्त्रण गर्नुपर्ने भण्डारीले बताएका छन् । पछिल्लो तीन वर्ष देशमा कम्युनिष्टहरू सरकारमा रहँदा उत्तेजनात्मक गतिबिधि गरेका कारण लोकतन्त्रमाथि चुनौती थपिएको बताएका छन् ।”

“कांग्रेस नेतृत्वको सरकार बनेपनि मधेशवादी दल र कम्युनिष्टसँगको सहकार्य भएका कारण सोँचे जस्तो प्रभावकारी काम हुन नसक्ने उनले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा अनुभवी, नेतृत्व क्षमता भएको नेता भन्दै कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गर्ने बताए ।”

“२००७ सालपछिको नेपालको राजनीतिक परिघटनालाई हेर्ने हो भने नेपालमा कम्युनिष्टहरूले देश र जनताको पक्षमा कुनै पनि असल भूमिका निर्वाह गर्न नसकेको बताए ।”

‘कम्युनिष्टहरूको नेतृत्वमा राजनीतिक परिवर्तन र कुनै खालको सुधार भएको छैन’, उनले भने, ‘यो कुरालाई कांग्रेसका युवाहरूले जनतामा लैजान सक्नु पर्छ ।’

“देशमा युवाहरू बेरोजगार रहेको भन्दै नेता भण्डारीले भने, ‘युवा उद्यमशीलता समन्वय समितिका युवाहरूले स्वदेशमै उद्यम गरेर सफल बनाउनको लागि युवालाई विज्ञको सहयोगमा प्रशिक्षण दिएर स्वदेशमै सफल बन्न सकिन्छ भन्ने आत्मबल दिन र सहयोग गर्न सक्नुपर्छ ।’

“कांग्रेस पार्टीभित्रका केही आन्तरिक समस्या र कोरोनाका कारण अधिवेशन हुन सकेन भने पार्टीको अस्तित्व खतरामा पर्ने उनले बताएका छन् । नेता भण्डारीले पार्टी नेतृत्वले कांग्रेसको भविष्यमा ध्यान दिनुपर्ने बताएका छन् ।

“बिगतमा कांग्रेसले गरेका कमीकमजोरी सुधार गरेर आगामी दिनमा चुनाव जितेर देशलाई समृद्ध बनाउनुपर्ने नेता भण्डारीले बताएका छन् ।तरुण विभाग युवा उद्यमशीलता विकाश तथा प्रशिक्षण समन्वय समितिका संयोजक रामशरण घिमिरेले देशको आयात र निर्यातको सर्वेक्षणको गत आर्थिक वर्षको चैत मसान्तसम्मको विवरण प्रस्तुत गरेका थिए ।

“घिमिरेले लाखौ युवाहरू स्वदेशमा काम नपाएर विदेशिएको भन्दै स्वदेशमै रोजगारीको सिर्जना गर्न युवाहरूले नयाँ सोँचका साथ काम गर्नुपर्ने बताएका छन् ।युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनेपनि कांग्रेसभित्र काम गर्ने इच्छाशक्ति हुन्छ तबसम्म युवा भन्ने गरिएको घिमिरेले बताएका छन् ।

तपाईको प्रतिक्रिया