“अ,पह,र,णको आ’रोप लागेपछि मध्यरातमा बर्बराउन थाले शंकर पोखरेल’
2021, August 7th, Saturday

हाम्रो खबर संबाद दाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई अ’पहरण गरी आफ्नो सरकारी निवासमा ब’न्धक बनाएको आरोप लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मध्यरातमा बर्बराउन थालेका छन् ।’

आफूमाथि अ’पह’रणको आ’रोप लगेपनि उनले विपक्षी दलमाथि नै प्रश्न गरेका छन् । उनले अप’ह’रणको आ’रोप लगाउने विपक्षीसँग इतिहासले हिसाब माग्ने बताएका छन् ।बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनी बर्बराएका छन् ।’

‘बहालवाला मुख्यमन्त्रीमाथि लागेको आरोपको उचित खण्डन नगरी आफ्नो कुण्ठा पोखेर उनले स्टाटस लेखेपछि उनलाई गा’ली गर्नेको लर्को लागेको छ । उनको स्टाटसको कमेन्टमा हेरिसक्नु छैन ।

अपहरण जस्तो ग’म्भीर बिषयमा उनले गरेको हल्का खालको यस्तो टिप्पणीले उनीमाथि झनै शंका पलाउने अवस्था बनेको छ । उनले स्टाटसमा लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न गरेका हुन् ।’

आफूमाथि लागेको अपहरणको आरोपलाई उनले अन्यत्रै मोड्न खोजेको देखिन्छ ।दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अ’पह’र’ण’को आरोप पनि लगाएछ,’ उनले भने, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यीयमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म ब’न्धक बनाएर राखेको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि ग’म्भीर आ’रोप लगाएकी थिइन ।

तपाईको प्रतिक्रिया