“विराटनगरमा मध्यरातमा, महिलाको घरमा, झ्यालबाट छिरेका यी, युवाले के गरे यस्तो ?
2021, August 4th, Wednesday

हाम्रो खबर संबाद दाता

“एक्लै महिला भएको घरमा राति जाने एक पुरुष पक्राउ गरेका छन् । उनी महिलाको घरमा झ्यालबाट पसेका थिए । त्यहाँ उनले महिलामाथि नराम्रो नियत राखेर गएको बताइन्छ । तर उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । यो घटना बिराटनगरको हो ।”

“मध्यरातमा महिलाको घरमा गएर महिलामाथि त्यस्तो गरेको आरोपमा विराटनगरबाट ती युवा पक्राउ परेका हुुन् । प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार महतोले मध्य राति अर्काको घरमा पसेर महिलामाथि त्यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

“ती युवाले यस्तो गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।”

“पछिल्लो समय महिलामाथि यस्ता घटना दिन दिनै भै रहेको समाचार आएका छन् । देशभरी यस्तो घटना बढ्नाले चिन्ता थपिएको छ । प्रतिकात्मक तस्वीर”

तपाईको प्रतिक्रिया