प्रधानमन्त्री भन्नुहुन्छ:कोरोना उपचार सम्बन्धमा भ्रम फैलाइयो
2020, October 21st, Wednesday

admin

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भ्रम फैलाइएको बताउनु भएको छ । मंगलबार बसेको मन्त्रि परिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोना उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताउनुभएको हो । एक मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार गर्ने भन्ने निर्णय गरिएको स्पष्ट समेत पार्नुभयो । सक्ने धनाढ्य मान्छेको दायित्व सरकारले नलिने भनिएको हो, उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस:

यो दशैमा पनि मेलम्चीको पानीको पानी खाने सपना पूरा भएन:

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबी अनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नु पर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन । यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।

अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन)बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौँमा ल्याउने खाने पानी मन्त्रालयको घोषणा घोषणामै सीमित भयो । सुरुङमा जडान गरिएको (गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।

अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेश द्वारको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो । मन्त्रालयका प्रवक्ता रितेश शाक्य भन्नु हुन्छ, “अस्थायी डाइभर्सनबाट मेलम्चीको पानी ल्याउने अन्तिम तयारीमै थियौँ । परीक्षणका लागि पानी पथान्तरण गर्दा एक्कासि गेट खुल्यो, दुर्घटना भयो । त्यो नभएको भए अहिलेसम्म पानी आइसक्थ्यो । ”

अब चारैवटा प्रवेशद्वार पुनः जडान गरेपछि मात्र पानी पथान्तरण गरिने छ । शाक्यका अनुसार दुईवटा गेटको फ्रेम भारतबाट आइसकेका छन्, बाँकी दुईवटा आउँदै छन् । आएका फ्रेम जडानको काम भइरहेको छ। गेटसँगै को’रोना महामारीको पाँच महिने बन्दा बन्दीले पनि ढिलाइ गराएको मन्त्रालयको दाबी छ । शाक्य भन्नुहुन्छ, “लकडाउनमा पूर्ण क्षमतामा काम हुन पाएन ।

करिब ४५ प्रतिशत मजदुरले मात्रै काम गरे, अरू घर फर्किए । निर्माण सामग्रीको ढुवानीमा पनि ढिलाइ भयो । ” अहिले मेलम्चीमा अस्थायी डाइभर्सनको काम भइरहेको छ । त्यस बाहेका सुरुङ परीक्षण र हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ फिनिसिङको एक वर्षे सम्झौताको म्याद अक्टोबरमा सकिएको छ । को’रोनाले प्रभावित भएको भनेर छ महिनासम्म म्याद थप गर्न सकिने सरकारी भनाइ रहेको समितिका प्रवक्ता रोजेन्द्र पन्तले जानकारी दिनुभयो ।

हेडवक्र्स निर्माणको काम पनि भइरहेको छ। यसको अवधि २०७७ माघसम्म हो। काम भइरहेकाले सम्झौता अवधिमै सकिने सम्भावना रहेको पन्तको भनाइ छ। बन्दाबन्दी अघि राम्रोसँग काम भएकाले खासै प्रभाव नपर्ने समितिको अनुमान थियो । प्रवेशद्वार भत्किए पछि र कोरोनाका कारण ब’न्दाबन्दी भएपछि तीन महिनाअगावै सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य प्रभावित भएको छ । मेलम्ची आयोजनाको हालसम्मको अवस्था भने सन्तोषजनक नै रहेको समितिले जनाएको छ । खबर हाउस बाट

तपाईको प्रतिक्रिया