“एमाले अध्यक्ष, ओली र माधव, नेपालबीच, आज भेटवार्ता हुँदै”
2021, August 3rd, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।”

“विघटित कार्यदलका सदस्यहरुको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेकाे हाे । पार्टी एकतालाई अगाडि बढाउने उद्देश्यसाथ उहाँहरुबीच भेटवार्ता हुन लागेकाे एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सनराइज खबरलाई जानकारी दिनुभयाे ।”

‘उहाँहरुबीच भेटवार्ता,हुने पक्का भइसकेकाे छ, तर समय र ठाउँ भने अझै तय भइसकेकाे छैन’- नेम्वाङले भन्नुभयाे ।”साेमबार सम्पन्न एमाले स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउने निर्णय गरेकाे छ ।”

“साे बैठकले विभिन्न ९ वटा विभाग पनि गठन गरेकाे छ । ती विभागमा माधव गुटका लागि पनि ठाउँ खाली गरिएकाे छ । लाखाैं काेशिस गर्दा पनि माधव गुटले एकतामा चासाे नदिएपछि एमालेले १० बुँदे सहमति अनुसार पार्टीका गतिविधि अगाडि बढाएकाे छ ।”

“कार्यक्रमहरु अगाडि बढाउने र माधव गुटका लागि ठाउँ सुरक्षित राख्दै अगाडि बढ्ने एमालेकाे रणनीति छ ।”

तपाईको प्रतिक्रिया