“नेपाल समूह,बिना नै, अघि बढ्यो (एमाले”)
2021, August 2nd, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, साउन १८ । पार्टीभित्रको विवादलाई थाती राख्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले सांगठानिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच एकता हुन नसकेपछि एमालेले स्थानीय तहका कमिटीहरूको अविधेशनको मिति तोक्ने, निर्णय गरेको हो ।”

“ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको, स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको छ । ओली समुहले साउन २४ गते एमाले केन्द्रीय कमिटी, बैठक बोलाइएको छ ।”

“आईतबार बसेको बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा ,तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव, ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।”

“त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल ,गठन गरेको छ ।”

“बैठकले आगामी असोजको, पहिलो साता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो साता सबै पालिकाहरूमा पालिकास्तरीय पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।”

तपाईको प्रतिक्रिया