“हेल्मेट नलगाएका,पूर्वयुवराज पारसले प्रहरीलाई थ,र्काए, माथिको आदेश,भन्दै पक्राउ गरेन प्रहरीले”जन्ता ले भने  राजाले टाउकोमा हेल्मेटलाउने  हैन श्रीपेचपो लाउने हो ,
2021, July 31st, Saturday

हाम्रो खबर संबाद दाता

“पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई यस्तो गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।”

“शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वा’दवि’वादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए।”

“हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वा’दवि’वादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसले प्रहरीसँग झ’गडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्?’ भनिरहेका सुनिन्छ।”

“त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ।”

“नेपाल लाइभका अनुसार पारसलाई चौकी नल्याइ बाटोमै छोड्नु भन्ने आदेशपछि उनलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। ‘बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले भने।”

“महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्ल‌ंघन गर्दा कसैलाई पक्राउ त गरिँदैन,’ एआईजी पालले भने, ‘ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण पछि जरिवाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदोहोर्‍याउने भनेर छाडियो।’

“यही व्य’वहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई ह’प्कीद’प्की तथा अ’भ’द्र व्य’व’हा’र गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रहरीले उनलाई कारबाही गर्न सक्थ्यो।”

तपाईको प्रतिक्रिया