“विपक्षी गठबन्धन,लाई रघुवीर महासेठको चु’नौती- ‘राष्ट्रपतिलाई, छोएर त हेर के हुन्छ’
2021, July 27th, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपतिलाई छोएर देखाउन चु’नौती दिएका छन् ।

“सोमबार राजधानीमा आयोजित साक्षात्कारमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउने खेल सुरु भएको भन्ने हल्लामा सपना नदेख्न भन्दै विपक्षी गठबन्धनलाई महासेठले छोएर देखाउन चुनौती दिए ।’

‘उनले भने, ‘राष्ट्रपतिमाथि, महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन् । महाभियोग लगाउन त्यति सजिलो छैन् । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’

‘उनले कांग्रेस, माओवादी, केन्द्रलगायतका दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौति दिए । उनले भने, ‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् । महाभियोग लगाएरमात्रै के गर्नु ? त्यो पारित हुन संख्यापनि पुग्नुपर्यो नि । पास हुँदैन ।’

“तर, सभामुखमाथि, महाभियोग लगाईए अवस्था के हुन्छ ? भन्दै उनले भने, ‘धेरै साथीभाईहरुमाथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौति दिन चाहन्छु ।’

“नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने,‘उहाँहरु मिल्नुको विकल्प छैन । कम्युनिष्टहरु मिल्नुपर्छ । हेर्नुहोस, हिजो माओवादी केन्द्रलाई त हामीले जीवनदान दिएका हौं । त्यो कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ । त्यसैले हामी सबै कम्युनिष्ट एक ठाउँमा उभिनुको विकल्प छैन् । हामी चाहन्छौं कि सबै कम्युनिष्टहरु एक हौं ।”

तपाईको प्रतिक्रिया