“प्रचण्डलाई भीम रावलको जवाफ- एमाले फुटाउने ष,डयन्त्रवि,रुद्ध उभिएको हुँ”
2021, July 25th, Sunday

हाम्रो खबर संबाद दाता

”काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।”

“नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको थियो । अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेता रावलले आपत्ति जनाउनुभएको हो ।”

“रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताउनुभएको छ । शनिबारै राति सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भन्नुभएको छ ।”

“उहाँले भन्नुभएकाे छ- ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’

“नेता रावलले प्रचण्डलाई आफूहरुले जस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो? भन्दै प्रश्न गर्नुभएकाे छ । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौँ । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?

तपाईको प्रतिक्रिया