“म जापानमा रेष्टुरेण्टको, शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार, गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)
2021, July 20th, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।”

“उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।”

“उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् । त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर निकै भावुक भइन् ।”

“उनले त्यहाँ आफनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो । तर त्यो पल उनका लागि विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो ।”

“म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।

तपाईको प्रतिक्रिया