“ओलीले मन्त्री बनाएका,आलेको खेल, सांसद व्यवस्थापन,सहित देउवालाई मत”
2021, July 19th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, ४साउन । नेकपा एमालेका केही सांसदहरुले छापामार शैलीमा गुट परिवर्तन गरेका छन् । उनीहरुले माधव नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।

देउवालाई मत दिनेमा पूर्ववनमन्त्री प्रेम आले पनि छन् । उनी ओलीको कार्यकालमा वनमन्त्री बनेका थिए । आलेले गुट परिवर्तन गरेको र विश्वासको पक्षमा मत दिने खुलासा रिपोर्टर्स नेपालले गरेको थियो । त्यतिबेला आलेले विज्ञप्ति जारी गरी भ्रामक खबर भनेका थिए ।”

“यसैगरी, विगतमा नेपाल पक्षमा रहेर ओली समूहमा लागेका केही सांसदहरुले पनि गुट परिवर्तन गरेका छन् । उनीहरुले आज देउवालाई मत दिएका छन् । माधव नेपाल पक्षमा प्रवेश गरी देउवालाई मत दिएकामा तनहुँका सांसद किसान श्रेष्ठ पनि छन् ।”

“डोल्पाबाट निर्वाचित धनबहादुर बुढा, मुगुका गोपाल बम, दाङका हिराचन्द्र केसीले पनि विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।”

“तर, यसअघि नेपाल समूहमा लागेका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, झपट रावल, दिपकप्रकाश भट्टलगायतले मतदान बहिष्कार गरेका थिए ।”

तपाईको प्रतिक्रिया

About Us

This is about section