“मेरो पहिलो प्राथमिकता :खोप, खोप, खोप,:-प्रधानमन्त्री देउवा ,
2021, July 19th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । विश्वासको मत मागेपछि पनि पुनः प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भनाइ राख्नुभएको छ ।”

“विश्वासको मत मागे पछि संसद् भवनमा सबैले बोलेपछि पुनः आफ्नो मन्तव्य राख्नेक्रममा संसद् विघटनको कुरा उप्काउनुभयो ।

“उहाँले राति दुई बजे संसद् विघटन गर्दा राष्ट्रपतिलाई कति बाध्य पारियो होला भन्दै ठट्टा पनि गर्नुभयो ।

“उहाँले भन्नुभयो, ‘दुई बजे राति कहीँ संसद् विघटन गर्छ कसैले ? प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बजे राति संसद् विघटन गर्दा राष्ट्रपति जी सुत्न पाउनुभएन होला । विचरा ! उहाँलाई कस्तो बाध्य पार्नुभयो होला ! त्यसकारण हेर्दाखेरी नै कस्तो लाग्छ । खै, शब्दमा कसरी के भन्ने ।’

“प्रधानमन्त्री देउवाले यसो भनेपछि हलमा हाँसो चल्यो । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवहरु पनि हाँसेका थिए ।”

“यसअघि आफूलाई विश्वासको मत दिने जसपाका अध्यक्ष महन्थ ठाकुर समूहलाई पनि उहाँले धन्यवाद प्रकट गर्नुभयो ।”

“विश्वासको मत पाएपछि आफ्नो पहिलो ध्यान कोरोना खोपमै रहने पनि उहाँले बताउनुभयो । ‘मेरो एउटै ध्यान हुनेछ– खोप, खोप, खोप “

तपाईको प्रतिक्रिया

About Us

This is about section