“त्यस् पछि “पुच्छर केही बेर फिटीफिटी गर्छ, ओली प्रवृत्ति त्यस्तै हो : बाबुराम भट्टराई”
2021, July 17th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । डा। बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । उनले ओलीलाई हिटलर भनेका छन् । त्यतिमात्र होइन, हिटलरले अन्तिम समयमा स परिवार देह त्याग गरेको र ओलीको शैली पनि हिटलरी भएको बताएका हुन् । उनले एक ट्वीट लेख्दै यस्तो गम्भीर आरोप लगाएका हुन् ।

“प्रधानमन्त्रीबाट अदालतले हटाएपछि केपी शर्मा ओलीको पक्षमा एमाले कार्यकर्ता सडकमा आएका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सडकमा बिरोध गरेका छन् ।

ओली निकट कार्यकर्ताहरुको उक्त कार्यबारे पनि डा भट्टाईले टिप्पणी गरेका छन् । बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, ‘खसीको टाउको छि ना ली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ।

“ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ । आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्म ह त्या गरेथ्यो”

तपाईको प्रतिक्रिया