बालुवाटार जग्गा प्रकरणमा फसेका पुर्बमन्त्री बिजय कुमार गच्छदारको सम्पती मा रोक्का,अब के होला ? हेर्नुहोस
2020, October 19th, Monday

admin

काठमाडौं । वालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा छानविनमा परेका काँग्रेस नेता एवं पुर्व मन्त्री बिजय कुमार गच्छेदारको सबै सम्पत्ति रोक्का भएको छ ।
सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको जनाएको छ । अन्य मुछिएका व्यक्तिहरुको सम्पत्ति पनि छानविन गरीरहेको जनाईएको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरीसकेको छ ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारीलगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन छ। ०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आरोपमा मुद्दा चलाइएको हो।
यसै प्रकरणमा जग्गा किन्ने कार्यमा संलग्न नेकपामा महासचिव विष्णु पौडेल बिरुद्ध पनि मुद्धा दायर हुनु पर्ने चर्को आवाज उठेको थियो । पौडेलका छोराको नाममा आठ आना जग्गा खरीद भएको थियो । तर जग्गा फिर्ता गरेकाले भनेर उनलाई मुद्धा चलाईएन । हाल विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया