“बाढी प्रभावित,मेलम्ची र हेलम्बु क्षेत्रको निरी,क्षणमा प्रधानमन्त्री ओली, साहायता गर्ने प्रतिबद्धता,बेक्त,
2021, July 11th, Sunday

हाम्रोखबर संवाददाता

“सिन्धुपाल्चोक : प्रधानमन्त्री केपी ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गरेका छन्। बाढी गएको २५ दिनपछि प्रधानमन्त्री ओली शनिबार बाढीग्रस्त क्षेत्रमा पुगेका हुन्।

“नेपाली सेनाको हेलीकोप्टरमा आएका ओलीले हेलम्बुमा बाढीले पुर्याएको क्षति अवलोकन गरेका हुन्।

“हेलम्बुमा ओलीलीले बाढी प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक हजार पाँच सय बन्डल जस्ता तथा प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका छन्।

“ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गरेका छन्। हेलम्बु अवलोकन पछि मेलम्ची आएका ओलीले गाडीबाट बजार घुमेपछि मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका हुन्।

तपाईको प्रतिक्रिया