“महन्थ ठाकुर’लाई अर्को झ’ट्का: राजपा पनि अर्कैले गरे दर्ता’
2021, July 11th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ- जसपाका अध्यक्ष रहेका महन्थ ठाकुरको सपना चकनाचुर बनेको छ । पछिल्लो समय राष्ट्रिय जनता पार्टी राजपा ब्युँताउने पुरै तयारी गरेका उनलाई झट्का लागेको हो ।”

“महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि अर्कै व्यक्तिले नर्वाचन आयोगमा निवेदन दिएका छन् । राजपा दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।”

“जनता समाजवादी पार्टी (जसपा) उत्कर्षमा पुगेर निर्वाचन आयोगले छिनोफानो गर्नै लागेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । महन्थ समुहले राजपा नेपाल दर्ता गर्नका लागि कागजात तयार पारिरहेको समयमा हरिनारायण यादवले आयोगमा निवेदन दिएपछि महन्थ समूह थप तनावमा देखिएको छ”

“जसपाको आधिकारिकता महन्थ समुहले नपाउने पक्कापक्की बनेको छ । यहि अवस्थाको आंकलन गर्दै महन्थले राजपा दर्ता गर्ने नेताहरूलाई कागजात तयारीको लागि निर्देशन दिइसकेका थिए । महन्थ ठाकुरले मधेश आन्दोलन र आफ्ना मुद्दाहरूमा धोका दिएर प्रधानमन्त्री केपी ओलीलाई साथ् दिएको भन्दै जसपा र उनको पूर्व पार्टी राजपा पनि रहन नदिनेगरी उपेन्द्र यादवले उअस्तो योजना बनाएको आंकलन गरिएको छ ।”

“२०७७ असार २४ गते समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । एकीकृत भएको पार्टी एक वर्षसम्म कसैले दर्ता गराउन नपाउने प्रावधान रहेको छ । हिजो एक वर्ष पुरा हुने वित्तिकै उपेन्द्र यादवका निकट मानिएका हरिनारायण यादवले दल दर्ताका लाग निवेदन दिएका छन् ।”

तपाईको प्रतिक्रिया