“सुवास नेम्वाङको दाबी : भोलि विहान ८ बजे सुखद् समाचार दिन्छौं  (के पार्टी एकता होला?
2021, July 11th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, २६ असार । नेकपा (एमाले) को विवाद समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले प्याकेजमै सहमति गरेको हो । आज सिंहदरबारमा बसेको बैठकले सहमतिको मस्यौदालाई अन्तिम रुप दिएको हो । बैठकपछि कुरा गर्दै नेता सुवासचन्द्र नेम्वाङले भोलि विहान ८ बजे सुखद् समाचार दिने दाबी गरे ।

“काठमाडौँमा भारी वर्षा : धोबीखोला करिडोर आसपास, र तीनकुने क्षेत्र डुबानमा” जन जीवन पर्भावित,

“काठमाडौं : मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।”

काठमाडौँ उपत्यकामा शनिबार भारी वर्षा भएको हो। निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ। तीनकुने क्षेत्रमासमेत ढल निकास बन्द हुँदा केही समय डुबान भएकाे थियो ।”

धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा ६९.४ मिलीमिटर वर्षा भएको छ।”

“राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।”

“प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम ताफक्रम २०.७ डिग्री सेल्सियस रहेको छ।”

तपाईको प्रतिक्रिया