“कोमल ओलीलाई, मनोज गजुरेलले फर्काए, कवितावाटै जवाफ”
2021, July 9th, Friday

हाम्रो खबर संबाद दाता

काठमाडौ । राष्ट्रिय सभाको बैठकमा एमालेबाट सांसद कोमल वलीले वाचन गरेको एउटा कविता निकै आलोचित भयो । उनले ‘बाँदरको जमात र अमृतपानको सपना’ नामको कविता सुनाएकी थिइन् । जसमा बाँदर छेपारा जस्ता शब्द प्रयोग भएका थिए ।”

“सामाजिक सञ्जालमा उनको यो कविताको निकै आलोचना भएपछि उनले त्यसवारे प्रतिकृया पनि दिएकी छन् ।उनको कविता नेकपा एमालेका माधव नेपाल पक्ष प्रति लक्षित भएको भन्दै आलोचना गरिएको हो । उनले त्यसवारे प्रतिकृया दिएको भएपनि त्यसको चर्चा अझै सेलाएको छैन ।”

“प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय राष्ट्रिय सभा सदस्य वलीले सोमवार राष्ट्रिय सभा बैठकमै कविता सुनाएकी थिइन् ।त्यस कविताबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहँदा हाँस्य कलाकार मनोज गजुरेलले पनि त्यसमा कवितावाटै प्रतिकृया दिएका छन् ”

“उनले एउटा व्यंग्यात्मक कविता रचेका छन्। जसलाई उनले शीर्षक दिएका छन्– कोमल कविता विरुद्ध कठोर कविता!”

उनी लेख्छन् : कोमल कविता बाँदरहरूको देश हुँदैन ।ढेडुहरूको भेष हुँदैन ।कुकुरहरूको बेस हुँदैन ।भुतहरूको फेस हुँदैन ।

कठोर कविता- छेपारेहरूको रंग हुँदैन ।चेपारेहरूको ढंग हुँदैन ।मूर्तिहरूको अंग हुँदैन ।फूर्तिहरूको रंग हुँदैन ।

तपाईको प्रतिक्रिया