“मेरो पनि ४० वर्षकी छोरी, क्यान्सरबाट गइन्ः प्रचण्ड”
2021, July 7th, Wednesday

हाम्रो खबर संबाद दाता

“जनकपुर, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पनि क्यान्सरबाट छोरी गुमाएको स्मरण गरेका छन् । क्यान्सरबाट निधन भएका माओवादी केन्द्रीय सदस्य महादेव यादवको परिवारलाई श्रद्धाञ्जली दिन पुगेका उनले ४० वर्षकी छोरी गुमाएको स्मरण गरेका हुन् ।”

‘मेरो घरमा पनि ४० वर्षकी छोरी क्यान्सरबाट गयो,’ प्रचण्डले यादव परिवारलाई सम्झाउँदै भने,‘यो जटिल खालको रोग हो ।’

“प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको क्यान्सरबाट निधन भएको थियो । उनका छोरा प्रकाश दाहालको पनि निधन भइसकेको छ ।”

“प्रचण्डले यादव परिवारलाई सम्झाइरहँदा उनीहरु रोएका थिए ।”

तपाईको प्रतिक्रिया