“काठमाडौमा यति ठूलो, घटना भएको २४ घण्टामै प्रहरीको सफल अनुसन्धान”
2021, July 6th, Tuesday

हाम्रो खबर संबाद दाता

काठमाडौ । काठमाडौँमा भएको एक ठूलो घटनामा प्रहरीले २४ घण्टा भित्रै सफल अनुसन्धान गरेको छ । काठमाडौको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको ज्यान लिएको घटनामा प्रहरीले सफल अनुसन्धान गरेको हो । घटनामा संलग्न ३ जनालाई प्रहरीले २४ घण्टा भित्रै पक्राउ गरेको छ ।”

“आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको रहस्यमय निधन भएको थियो । प्रहरीले घटना रहस्यमय भन्दै अनुसन्धान गर्दै जाँदा घटनामा ३ जनाको संलग्नता भएको पत्ता लगायो ।”

“उनीहरुलाई २४ घण्टा भित्रै पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको दामन घर भएका २५ वर्षीय मनोज दोङ र साहिल गोपाल छन् ।”

“घटनामा धा री लो बस्तु प्रयोग भएको देखिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिए । च क्कु प्र हा रबाट घाइते भएका शाहको उपचारको क्रममा असार २१ मा ट्रमा सेन्टरमा निधन भएको थियो ।”

तपाईको प्रतिक्रिया