“ब्राह्मणकाे डाह नगराैँ । राेकताेक छैन, ज्ञान हाँसिल गर्ने हरेक मान्छे ब्राह्मण बन्नसक्छ : भीम उपाध्याय”
2021, July 6th, Tuesday

हाम्रोखबर संवाददाता

“नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले ब्राह्मणकाे डाह गर्नुकाे कुनै तुक र ओेैचित्य नरहेकाे बताउनुभएकाे छ । सामाजिक सन्जाल फेसवुकमा स्टाटस लेख्दै उपाध्यायले ज्ञान हाँसिल गर्ने हरेक मान्छे ब्राह्मण बन्नसक्ने बताउनुभएकाे हाे ।”

“हेर्नुहाेस, उपाध्यायकाे स्टाटस जस्ताकाे तस्तै -ब्राह्मणको डाह गरेर काम छैन। ब्राह्मण जस्तै पढ्ने, तप गर्ने, योगध्यान गर्ने, खानपिनमा सचेत रहने, शरीर मन बाहिर भित्र चोखो, स्वच्छ, सफा रहने, संस्कृतका शास्त्र वा ग्रन्थहरू नियमित अध्ययन गर्ने, त्यसका लागि आजैदेखि संस्कृत भाषा सिक्न थाल्ने, पढ्ने, स्वधर्ममा रहने हो भने जो सुकै पनि ब्राह्मण बन्न सहजै सक्छन्।”

“ब्राह्मण भनेको तप गर्ने, साधना गर्ने, पठनपाठनमा जीवन लगाउने, सात्विक खाना खाने, सुग्घरी रहने, अनुशासित रहने, ईन्द्रियहरू नियन्त्रणमा राख्ने वर्ग हुदै आएको हो । जो सुकै जात होस्, तप वा ज्ञान हासिल गरेर दीक्षा लिएर ब्राह्मण बन्छन् भने तिनलाई द्वीज भनिन्छ।”

“केही दिन अघि पुर्व सचिव भिम उपाध्यायले २४ घण्टामा देशभर नेटवर्क निर्माण गरेका छन् । सामाजिक सन्जालमा निकै सक्रिय उपाध्यायकाे अपिल संगै देकभर नेटवर्क निर्माण भएकाे हाे । सामाजिक सन्जालमार्फत गाँ’जालाई बै’धा’निकता दिन दवाव दिदै आएका उपाध्यायले गाँ’जा सचेतना अभियान नाममा देशभर नेटवर्क निर्माण गरेका हुन् ।”

“गाँ’जा मार्फत नेपालीकाे जिवनस्तर उकास्न सकिने भन्दै यसलाई बैधा’निकता दिई लाखाैँ युवाहरुलाई स्वराेजगार बनाउन सकिने र बढ्दाे वेराेजगारी कम गर्न सकिने उपाध्यायकाे दावी छ । उपाध्यायले शुरु गरेकाे अभियानमा देशभरबाट युवाहरुले स्वतस्फुर्त साथ दिएका छन् । उपाध्याय युवाहरुमाझ लाेकप्रिय छन् ।”

तपाईको प्रतिक्रिया