“कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनल,मा प्रवेश, कप्तान मेस्सी चम्किए”
2021, July 4th, Sunday

हाम्रो खबर संबाद दाता

“एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

“अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलको लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो मार्टिनेज र रोड्रीगो डेले एक/एक गोल गरे ।”

४० औं मिनेट रोड्रीगोले गोल गर्दै अर्जेन्टिनालाई अग्रा दिलाएको थियो । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १-० ले अघि बढाएका थिए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।”

“खेलेको ८४ औँ मिनेटमा मार्टिनेज गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनल कप्तान मेस्सीकै पासमा गोल गरेका थिए ।”

“९३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिककमार्फत गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए । डिमारियालाई इक्वेडरको डफेन्डलरे पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर लडाएपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो ।

“अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्ने छ । अर्को सेमिफाइनलमा पेरु र ब्राजिलले भिड्नेछन् ।”

तपाईको प्रतिक्रिया