“संघीयता र धर्मनिरपेक्षता,बारे बहस नगरी हुँदैन : महेश बस्नेत”
2021, July 4th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले अब संघीयता र धर्मनिरपेक्षाताबारे बहस नगरी नहुने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा बस्नेतले संघीयता र धर्मनिरपेक्षता बारे बहस हुनुपर्ने बताएका हुन् ।

साथै, कमिटी बैठकमा उक्त प्रस्ताव पेस भएको छ । संघीयता र धर्मनिरपेक्षतासँगै बस्नेतले ८ वटा प्रस्ताव बैठकमा पेश गराएका छन् ।

“यससँगै दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था, पार्टी अध्यक्षको कार्यकाल २ वर्ष र पदाधिकारीको कार्यकाल ३ वर्षको हुनुपर्ने पनि प्रस्तावमा उनले उल्ल्ेख गरेका छन्।

यसैगरी बस्नेतले पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा ४० प्रतिशत युवाहरुको सुनिश्चिता गर्नुपर्ने पनि माग गरेका छन् ।”

तपाईको प्रतिक्रिया