“बैठकमा पुगेका नेता बामदेव, गौतमलाई ओलीको यस्तो ब्यङ्ग्य, माधव पक्षलाई दुई दिनको अल्टिमेटम”
2021, July 2nd, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पुगेका उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओलीले ब्यग्य गरेका छन् । सम्बोधनका क्रममा गौतमलाई ओलीले एमाले उपाध्यक्ष गौतममाथि व्यंग्य गरे भने माधव नेपाल समुहका नेताहरुलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिए ।”

‘कमरेड वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनुभएको छ। उहाँलाई स्वागत गर्दै अन्य कमरेडलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु,ओलीको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने, ‘गौतम जी पनि आउने जाने नगर्नु होला बैठकमा आइरहनुहोला ।ओलीले गौतमलाई आउने(जाने क्रम जारी नगरी आइरहन अनुरोध गरेको एक नेताले बताए ।

ओलीले त्यसो भनिरहँदा नजिकै बसेका गौतम मुसुमुसु गरीरहेका थिए । अओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्। ”

“कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन्। आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।

तपाईको प्रतिक्रिया