“फेरि बढ्न, थाले कोरोना, स,ङ्क्रमित”
2021, June 30th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।”

“चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।”

“जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।”

“यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।”

“अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् ।”

“सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।”

तपाईको प्रतिक्रिया